चार दलका नेताहरु विदेशीको ईशारामा चलेर देशमा गृहयुद्ध गराउन खोजिरहेको राजमोका चित्रबहादुर केसीको आरोप

काठमाडौं  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चार दलका नेताहरु विदेशीको ईशारामा चलेर देशमा गृहयुद्ध गराउन खोजिरहेको आरोप लगाएका छन् । 
केसीले ललितपुरमा जनमोर्चाको आमसभालाई सम्बोधन गर्दे नेकपा माओवादीलगायतका दललाई बाहिर राखेर गरिएको निर्वाचनले मुलकको समस्या समाधान गर्नुको सट्टा युद्ध निम्त्याउने दावी गरे । 
उनले चार दलका शीर्ष नेताहरु बिदेशी प्रभुको इशारामा शक्तिमा पुग्न राष्टियता समेत बेच्न पछि नपरेको आरोप लगाए । उनले राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक दृष्टिकोणले नेपालमा संघीयता आवश्यक नरहेको दोहो-याए । RSS. IMAGECHHANEL