काठमाडौ – निर्वाचन आयोगको तालिका अनुसार मंसिर ४ मा हुने संविधानसभा निर्वाचनको कार्यक्रम आजदेखि सुरु भएको छ । समानुपातिक प्रणाली अन्तर्गत निर्वाचनमा सहभागी हुने दलहरुले आज आयोगमा निवेदन दिनुपर्ने छ ।
समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएकाले मात्र असोज १८ मा बन्द सूची पेस गर्न पाउने छन् । सोमबार निवेदन दिएका राजनीतिक दलको नाम मंगलबार प्रकाशित गरिने छ ।
नाम फिर्ताका लागि बुधबार र अन्तिम नामावली एवं निर्वाचन चिन्ह आइतबार प्रकाशित गरने छ । यसअघि अजोज ७ गतेबाट सुरु हुने भनिएको कार्यतालिका दलहरु र सरकारको आग्रहमा आयोगले एक साता सारेको थियो ।