मालीमा सुरक्षाकर्मी र संदिग्ध बिद्रोहीबीच दोहोरो भीडन्त

मालीमा सुरक्षाकर्मी र संदिग्ध बिद्रोहीबीच दोहोरो भीडन्त भएको छ । मालीको उत्तरी क्षेत्रमा रहेको किदाल जिल्लामा रहेको एक बैंकमा विद्रोहीले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको हो । 
बैंकका सुरक्षार्थ खटिएका गार्डलाई गोली हानी बैंक प्रवेश गर्न खोजेका उनीहरुलाई सुरक्षाकर्मीले प्रतिकार गरेका थिए । मालीको बिद्रोही समूह तुएरेगले सरकारसंगको शान्तिवार्ता भंग गरेर हिंसा मच्चाएको माली सरकारको अनुमान छ । 
मालीमा तैनाथ फ्रान्सेली सेना फिर्ता गर्नुपर्ने माग अघी सार्दै उक्त समूहले हिंसा मच्चाउँदै आएको छ । Agencies