काठमाडौं । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले दलहरुबीच सहमति भए पनि संविधानसभा निर्वाचन कार्यतालिकामा कुनै हेरफेर गर्न नसकिने बताएका छन् । उनले आयोगमा दर्ता नभएका कुनै पनि दललाई अब मंसिर चारमा हुने निर्वाचनमा सहभागी गराउन नसकिने समेत स्पष्ट पारेका छन् ।
नेकपा-माओवादी नेतृत्वको मोर्चाले मिति सारे निर्वाचनमा सहभागी हुने भन्दै वार्ताका लागि तयार वताइरहेकै बेला आयुक्त गुरुङले निर्वाचन आयोगमा दर्ता नभएका कुनै पनि दललाई निर्वाचन प्रक्रियामा सहभागी गराउन नसकिने बताएका हुन् ।
उनले आयोगमा दर्ता नभएका दलहरु निर्वाचनमा सहभागी हुन चाहे दर्ता भएका दलहरुसँग सहकार्य गरेर जानुको विकल्प नभएको पनि बताए ।
आयोगले मतपत्र छाप्ने वाहेकका निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा गरेको भन्दै उनले असोज १९ गतेदेखि समानुपातिकतर्फको मतपत्र छाप्नेक्रम शुरु हुने जानकारी पनि दिए । RSS, IMAGECHANNEL