– उमाकान्त पाण्डे गाउंले
अबुधाबी – आश्विन १५ – संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी सोमबार राती संयुक्त अरब ईमिरेट्स यूएईको आबुधाबी आएका छन ।
न्यूयोर्कबाट स्वदेश फर्किने क्रममा उनी सोमबार आबुधाबीमा ‘ट्रान्जिट’ बनाइ यूएई आएका हुन । उनको आगमनलाई यहाँ कार्यरत नेपालीले चासो पुर्वक हेरेका छन ।
यूएईको समय अनुसार राती ९ बजे आबुधाबी बिमानस्थलमा अवतरण भएका उनी बिमानस्थल बाट सोझै यूएईका लागि नेपाली राजदुत धनन्जय झाको निवास पुगेका थिए ।
रातीको समयमा बिमनस्थलमा प्रतिक्षा ‘ट्रान्जिट’ बस्नु भन्दा दुतावास पनि भएको र केही ब्यात्तिगत भ्रमणको ‘मेसो’ मिलाएर रेग्मी यूएई आएका हुन ।
अध्यक्ष रेग्मी ‘राजदुत निवासमा आयोजना गरिएको ‘रात्रीभोज’ कार्यक्रममा सहभागी भए । सो रात्रीभोजमा यहाँ रहेका संघसस्थाका प्रतिनिधी,ब्यवसायी, बुद्धिजीवि, पत्रकार तथा समाजसेवीहरु उपस्थित थिए ।
कार्यक्रममा सिमित ब्यात्तीहरुलाई मात्र बोल्ने मौका दिईएको थियो । यहाँ कार्यरत नेपाली र उनीहरुका समस्या बारे रेग्मीलाई यहाँका नेपालीहरुले अवगत गराएका थिए । कतिपय संघसस्थाले यहाँ रहेका समस्या र समाधानका लागि पहल गर्न मन्त्रीपरिषद् अध्यक्ष रेग्मी सग अनुरोध गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए ।
उपस्थित जमघटले उठाएका केही महत्वपूर्ण बिषयबस्तुमाथी मन्त्रीपरिषद् अध्यक्ष रेग्मीलेनै जवाफ दिएका थिए । कार्यक्रममा खास गरी सन २००३ देखी यूएईमा मृत्युदन्ड सुनाएर मृत्युको दिनको पर्खाइमा रहेका दार्चुला धारीका अमर बहादुर बमको रिहाइका लागि पहल गर्न धेरैले अनुरोध गरेका थिए । सर्वसाधारणको आग्रहलाई यूएईका लागि राजदुत झाले आफुरहेको देशको कानुन पालना नगर्नेलाई आफुहरुले निर्दोष भन्न नमिल्ने भन्दै मन्त्रीपरिषद् अध्यक्ष रेग्मी प्रधानन्याधिश समेत रहेकोले कानुनको ज्ञाता भन्दै सो मुद्दा बारे ‘धेरै’ छलफल नगर्न भनेका थिए ।
मन्त्रीपरिषद् अध्यक्ष रेग्मी मगंलबार स्थानिय समय अनुसार दिउंस १:५५ को ईतिहाद उडान मार्फत स्वदेश फर्किने तालिका रहेको छ ।
प्रधानमन्त्री आउने निधो भएपनि अपौचारिक रुपमा कुनै कार्यक्रम तय नगरिएकोले यहाँका जेलमा रहेका नेपाली वा अन्य बिषयमा उल्लेख्य पहल गर्न समय नभएको दुतावासका उपनियोग प्रमुख दिपक अधिकारीले जानकारी दिए ।
‘समय रहे सम्म दुतावासको कार्यलय सम्म प्रधानमन्त्री आउन सक्ने सम्भावना छ’ उपनियोग प्रमुख अधिकारीले भने । समय निकै थोरै भएकोले अन्य कुनै पनि महत्वपूर्ण भ्रमण तालिका नबनाईएको उनको भनाइ थियो ।