आज अक्टोबर १ तारिख अर्थात २३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

काठमाडौं । आज अक्टोबर १ तारिख अर्थात २३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । 
नेपालमा पनि विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाइदै छ । यस अवसरमा ज्येष्ठ नागरिकका क्षेत्रमा काम गरिरहेका संस्थाहरुले कार्यक्रम गर्दैछन् । संसारमा ६० वर्ष उमेर पुगेका मानिस ७६ करोड छन् भने यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान गरिएको छ । 
नेपालमा विसं २०६८ को जनगणनाअनुसार ६० वर्ष उमेर पुगेकाहरु २५ लाखभन्दा बढी छन् । नेपालमा ज्येष्ठ उमेर समूहका प्रतिष्ठित व्यक्तिहरुको अनुभवलाई राज्यले सदुपयोग गर्न नसकेको टिप्पणी भैरहेको छ । 
सामाजिक सुरक्षामा सरकारले खासै चासो नदिँदा ज्येष्ठ नागरिकहरु प्रत्यक्ष प्रभावित बन्ने गरेका छन् । RSS, IMAGECHANNEL