सन्धिखर्क, अर्घाखाँची । नेकपा एमालेले अर्घाखाँची जिल्लाका उम्मेदवारको टुंगो लगाएको छ। एमालेले अर्घाखाँची क्षेत्र नं.- १ मा नरेन्द्र कुमार क्षेत्री र क्षेत्र नं. २ मा डा. दुमान सिंह थापालाई आधिकारिक उम्मेदवारी पत्र दिएको हो।
उम्मेदवारको टुंगो लगाए सँगै एमालेले दुवै क्षेत्रमा घरदैलो अभियानमा लागेको छ ।
यसैगरी जिल्लामा चौथो शक्ति राष्ट्रिय जनमोर्चाका १ मा महासचिव सन्तबहादुर नेपाली र २ मा अञ्चल उपाध्यक्ष शेरबहादुर विसी उम्मेदवार भएका छन । सोही अनुसार राष्ट्रिय जनमोर्चाले पनि दुवै क्षेत्रमा घरदैलो अभियानमा लागेको छ ।
उता एकीकृत माओवादीको अर्घाखाँची १ मा टोपबहादुर रायमाझी उम्मेदवार पक्का भएका छन् भने २ मा विष्णुहरि शर्मा र डिलाराम आचार्यबीच सहमति हुन बाँकी छ ।
उता नेपाली काग्रेसले १ मा विष्णु मुस्कान, रामबहादुर विसी, मानबहादुर विश्वकर्मा र रेवती भुसाल २ मा केन्द्रिय सदस्य पुष्पाभुसाल, कमल भुसाल र वासुदेव आचार्यबीचको उम्मेदवारी दावीलाई अझै टुंगो लगाउन सकेको छैन ।
२०६४ को चुनावमा क्षेत्र १ मा एमाओवादीका टोपबहादुर रायमाझी र २ मा काग्रेसकी पुष्पाले जितेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।