बंगलादेशमा मूख्य विपक्षी सांसदलाई मृत्युदण्डको सजाय

ढाका  । बंगलादेशमा युद्ध अपराध हेर्ने विशेष न्यायालयले मूख्य विपक्षी बंगलादेश नेशनल पार्टी बीएनपी का सांसद सलाहुद्दीन क्वादार चौधरीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । 
सन् १९७१ को स्वतन्त्रता संग्राममा हत्या र नरसंहार मच्चाएको आरोपमा चौधरीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । उनी विरुद्ध लगाइका २३ वटा अभियोग मध्ये नौ वटा अभियोगमा दोषी ठहर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।  
चौधरी मृत्युदण्डको सजाय सुनाइएका पहिलो बहालवाला सांसद हुन् । बीएनपीले अभियोगहरु राजनीति प्रेरित रहेको आरोप लगाउदै आएको छ । 
युद्ध अपराध हेर्ने न्यायालय सन् २०१० मा वर्तमान सरकारले स्थापना गरेको हो । यसअघि पनि उक्त न्यायालयले इस्लामी धार्मिक नेतालाई सन् १९७१ को स्वतन्त्रता संग्राहका क्रममा युद्ध अपराध गरेको फैसला सुनाएको थियो । 
पाकिस्तानबाट बंगलादेश अलग राज्य बनाउनका लागि भएको उक्त युद्धमा ३० लाख मानिस मारिएको अनुमान छ । Agencies