काठमाडौं, । भ्रष्टाचार मुद्दामा डिल्लीबजार जेलमा रहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले आफ्नी श्रीमती आगामी संविधानसभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् ।
कांग्रेसले खड्काकी श्रीमती शिला गौतमलाई दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको सार्वजनिक भएपछि आज जेलबाट विज्ञप्ति जारी गर्दै खड्काले श्रीमतीको उम्मेदवारी फिर्ता गरिएको जनाएका हुन् ।
देशब्यापी रुपमा दुख पाएका, सिद्धान्तनिष्ठ र बीपीको विचार बोकेका कांग्रेस कार्यकर्तामाथि विभेद गरिएको भन्दै खड्काले आफ्नी श्रीमती पनि चुनाव नलड्ने स्पष्ट पारेका हुन् । IMAGECHANNEL