संविधानसभा चुनावका लागि एमालेद्धारा प्रत्यक्षतर्फ २ सय ३८ क्षेत्रको नाम औपचारिकरुपमा सार्वजनिक (नामावलीसहित)

काठमाडौं । आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभा चुनावका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ २ सय ३८ क्षेत्रको नाम आज औपचारिकरुपमा सार्वजनिक गरेको छ । एमाले स्थायी समितिको आज सम्पन्न बैठकले ती नामहरु टुंगो लगाई सार्वजनिक गरेको हो । 
एमालेले भक्तपुर १ र रौतहट ३ का उम्मेदवारको नाम भने टुंगो लगाउन बाँकी रहेको छ । अन्तिम नामावलीमा यसअघि सार्वजनिक भएका कतिपय उम्मेदवारको नाम परिवर्तन भएको छ भने कतिपयको क्षेत्र फेरिएको छ । 
एमालेबाट अध्यक्ष झलनाथ खनाल इलाम १ र सर्लाही १ बाट उम्मेदवार बनेका छन् भने वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ र रौतहट १ बाट उम्मेदवार बन्दै छन् । 
एमालेले नायक भुवन केसीलाई काठमाडौं १ बाट उठाउने भएको छ । 
एकीकृत माओवादी, नेपाली कांग्रेसलगायतका मूख्य दलहरुले पनि धेरैजसो निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेका छन् । केही क्षेत्रमा भने तीन वटै दलमा उम्मेद्वार चयनबारे विवाद देखिएको छ । 
सहमति भएका क्षेत्रका उम्मेदवारहरुले आफ्नो नाममा टिकट बुझेर लैजान थालेका छन् । विवादित क्षेत्रमा भने आज साँझसम्ममा उम्मेदवारी टुंगो लगाइने नेताहरुले बताएका छन् । 
एकीकृत माओवादीले हिजो थप ४० क्षेत्रका लागि उम्मेदवारको नाम घोषणा गरे पनि विवादका कारण नेवा, ताम्सालिङ, अवध, भोजपुरा र मिथिला क्षेत्रमा भने उम्मेद्वारको टुंगो लगाउन सकेको छैन । 
एकीकृत माओवादीमा अधिकांश शीर्ष नेताको उम्मेदवारीबारे टुंगो लागे पनि नारायणकाजी श्रेष्ठको उम्मेदवारीबारे भने अझै टुंगो लागेको छैन । 
नेपाली कांग्रेसले ६० जिल्लामा उम्मेदवार बन्नेहरुको नाम तय गरेको छ । कांग्रेसमा कतिपय क्षेत्रमा भने क्षेत्र र जिल्लाले सिफरिश गरेका भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएपछि विवाद देखिएको छ । 
मधेशी दलहरुले पनि आज साँझसम्ममा उम्मेदवारहरुको टुंगो लगाउने जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायतले पनि आफ्ना दलका उम्मेदवारहरुको नामावली प्रकाशित गरेका छन् ।
 
एमालेका उम्मेदवारहरुको नामावली र क्षेत्रः
काठमाडौं 
१. भुवन के.सी. 
२. माधवकुमार नेपाल 
३. रामेश्वर फुयाल 
४. निर्मल कुईंकेल 
५. ईश्वर पोखे्रल 
६. योगेश भट्टराई
७. रामवीर मानन्धर 
८. जीवनराम श्रेष्ठ 
९. कृष्णगोपाल श्रेष्ठ 
१०. सुरेन्द्र मानन्धर
ललितपुर 
१. मधुसुदन पौडेल 
२. कृष्णलाल महर्जन 
३. रघुजी पन्त
भक्तपुर 
१. चयन गर्न बाँकी
२. महेश बस्नेत
ताप्लेजुङ 
१. भुपेन्द्र थेवे
२ डम्बरध्वज तुम्बाहाम्फे
पाँचथर 
१. गणेश काङवाङ 
२. डम्बरसिंह सम्बाहाम्फे
संखुवासभा 
१. हेमराज घिमिरे
२. राजेन्द्र गौतम
तेह्रथुम
१. भवानी खापुङ
भोजपुर 
१. कृपाशुर शेर्पा
२ शेरधन राई
सोलुखुम्बु 
१. आङङिमा लामा
रसुवा 
१. जनार्दन ढकाल 
मनाङ 
१. छिरिङ लोप्साङ
मुस्ताङ 
१. चन्द्रमोहन गौचन
डोल्पा 
१. धनबहादुर बुढा
मुगु 
१. मोहन बानिया
जुम्ला 
१. पदमबहादुर रोकाय
कालिकोट 
१. कुर्मराज शाही
हुम्ला 
१. दल रावल
बाजुरा 
१. कर्णबहादुर थापा
अछाम 
१. भीमबहादुर रावल 
२. भरत साउद
बझाङ 
१. मानप्रसाद खत्री 
२. लालबहादुर रावल
डोटी 
१. नारद मलासी 
२. पे्रमबहादुर आल
दार्चुला 
१. गणेशसिंह ठगुन्ना
बैतडी 
१. दामोदर भण्डारी 
२. महादेव भट्ट
डडेलधुरा 
१. ताराप्रसाद जोशी
खोटाङ 
१. पि.के. राई
२. विशाल भट्टराई
रुकुम 
१. खेममान खड्का 
२. ठगेन्द्र प्रकाश पुरी
प्यूठान 
१. वामदेव गौतम 
२. हिराबहादुर के.सी. 
सल्यान 
१. गुलाबजङ्ग शाह 
२. प्रकाश ज्वाला
रोल्पा 
१. हितबहादुर रोका मगर 
२. कुमार दशौंदी
दाङ 
१. रेवतीरमण शर्मा
२. शान्ता चौधरी 
३. लक्ष्मण आचार्य
४.शंकर पोखरेल 
५. उत्तरकुमार ओली
बाँके 
१. देवराज भार 
२. दिनेशचन्द्र यादव 
३. विजया धिताल 
४. दलबहादुर सुनार
बर्दिया 
१. वामदेव गौतम 
२. पूर्ण शर्मा
३. विसतिया थारु (विष्णु चौधरी) 
४.लौटनकुमार चौधरी
जाजरकोट 
१. डम्बरबहादुर सिंह 
२. कृष्णबहादुर बुढा
दैलेख 
१. अम्मरबहादुर थापा 
२. लक्ष्मीप्रसाद पोखे्रल
कञ्चनपुर 
१. लालबहादुर विश्वकर्मा
२. तारा लामा 
३. नरबहादुर धामी 
४.उर्वादत्त पन्त
म्याग्दी 
१. नवराज शर्मा
बाग्लुङ 
१. हिरा के.सी. 
२. सूर्य पाठक 
३. शान्ति अधिकारी
लमजुङ 
१. जमिन्द्रमान घले
२. पृथ्वीसुब्बा गुरुङ
गोरखा 
१. रामशरण बस्नेत 
२. बाबुराम अधिकारी 
३. कृष्ण नेपाली
तनहुँ 
१. रामबहादुर गुरुङ 
२. कृष्णकुमार श्रेष्ठ 
३. टुकराज सिग्देल
स्याङ्गजा 
१. नारायण मरासिनी 
२. कृष्ण खाँड 
३. मुक्तिप्रसाद पाठक
गुल्मी 
१. मैनाकुमारी भण्डारी 
२. प्रदीपकुमार ज्ञवाली 
३. गोकर्ण विष्ट
कपिलवस्तु 
१. बलराम अधिकारी 
२. अजिजुद् रहमान 
३. बाबुराम खनाल 
४. नेत्रराज अधिकारी 
५. मीना परियार
रौतहट 
१. माधवकुमार नेपाल 
२. अबुल कलाम आजाद. 
३. चयन हुन बाँकी
४.सरला यादव 
५.रामकुमार भट्टराई
बारा 
१. बतहु यादव 
२. वासुदेव यादव 
३. विनोद शाह 
४.महमुद आलम 
५. बलवीर चौधरी 
६. पुरुषोत्तम पौडेल
पर्सा 
१. नवराज शर्मा
२. विचारी यादव 
३. राजकुमार गुप्ता 
४. प्रद्युम्न चौहान 
५. जयप्रकाश थारु
मकवानपुर 
१. णराज जर्घा मगर 
२. सुवासचन्द्र ठकुरी 
३. अनन्त पौडेल 
४.राजाराम स्याङताङ
पाल्पा 
१. राधाकृष्ण कणेल 
२. सोमप्रसाद पाण्डे
३. कुलप्रसाद नेपाल
अर्घाखाँची 
१. नरेन्द्रकुमार क्षेत्री 
२. दुमान सिंह थापा
सिन्धुपाल्चोक 
१. अरुणप्रसाद नेपाल 
२. सुवास कर्माचार्य
३. शेरबहादुर तामाङ
नुवाकोट 
१. केशव पाण्डे
२. शोभा श्रेष्ठ 
३. नारायण खतिवडा
काभ्रेपलाञ्चोक
१. संग्रामजित लामा 
२. रामहरी सुवेदी 
३. गोकुल वास्कोटा 
४. विदुरप्रसाद सापकोटा
दोलखा 
१. पार्वत गुरुङ 
२. आनन्दप्रसाद पोखे्रल
रामेछाप 
१. कमलप्रकाश सुनुवार 
२. कैलाशप्रसाद ढुङ्गेल
सिन्धुली 
१. गणेश पहाडी 
२. उमा कोइराला 
३. कमलजङ राई
सर्लाही 
१. झलनाथ खनाल 
२. सुरेन्द्र लामा 
३. हरि उपे्रती 
४.राजनारायण शाह 
५. नरेन्द्र राय यादव 
६. विना ठाकुर
महोत्तरी 
१. दुर्गा दाहाल 
२. मञ्जु यादव 
३. रामदयाल मण्डल 
४. इलियास अन्सारी 
५. दीपनारायण शाह तेली 
६. कौशीलाल यादव
धनुषा 
१. रत्नेश्वर गोइत 
२. आनन्द (गंगाराम) यादव 
३. जुलीकुमारी महतो
४.श्रीप्रसाद शाह 
५.रघुवीर महासेठ 
६. योगनारायण यादव 
७. शत्रुघ्न महतो
सिराहा 
१. राजेन्द्र महतो
२. रामचन्द्र यादव 
३. प्रमोदकुमार यादव 
४.रामअवतार यादव 
५. लीलानाथ श्रेष्ठ 
६. सितादेवी शाह
ईलाम 
१. झलनाथ खनाल 
२. सुवास नेम्वाङ 
३. टेकबहादुर राई
झापा 
१. रविन कोइराला 
२. पवित्रा निरौला 
३. वसन्त बानिया 
४. पे्रम गिरी 
५. लालप्रसाद सांवा लिम्वु
६. दीपक कार्की
७. के.पी. शर्मा ओली
धनकुटा 
१. टिका चेमजोङ 
२. राजेन्द्र राई
सुनसरी 
१. कृष्णकुमार राई
२. रेवती भण्डारी 
३. भगवती चौधरी 
४.खेमराज पोखे्रल 
५. जगदीश कुशैत 
६. भीमप्रसाद आचार्य
मोरङ 
१. ऋषिकेश पोखे्रल 
२. चण्डीप्रसाद राई(ट)
३. गुरुप्रसाद वराल 
४.ज्ञानेश्वर राजवंशी 
५. पुजन निरौला 
६. महेश भट्टराई
७. यशोदा अधिकारी 
८.चन्द्रबहादुर गुरुङ 
९. धनश्याम खतिवडा
ओखलढुङ्गा 
१. यज्ञराज सुनुवार 
२. नानीबाबु बुढाथोकी
उदयपुर 
१. मणिराज उपाध्याय पौडेल 
२. मञ्जु चौधरी 
३. जगन्नाथ खतिवडा
सप्तरी 
१. सुमनराज प्याकुरेल 
२. शैलेन्द्र झा 
३. मञ्जुदेवी शाह 
४.ताराकान्त चौधरी 
५. गोविन्दबहादुर न्यौपाने
६. वृजनारायण शाह
कैलाली 
१. पे्रम साउद 
२. मोहनसिंह राठौर 
३. चन्द्रीका प्रकाश चौधरी 
४. दीर्घ सोठारी 
५. पदमसिंह सिघाल 
६. महेश्वर पाठक
सुर्खेत 
१. कमला शर्मा
२. यामलाल कणेल 
३. नवराज रावत
पर्वत 
१. गणेश तिमिल्सिना 
२. विकास लम्साल
कास्की 
१. मानबहादुर जि.सी. 
२. कृष्ण थापा 
३. रविन्द्र अधिकारी 
४. सीता गिरी
नवलपरासी 
१. दीपक अधिकारी 
२. जीवन श्रेष्ठ 
३. विष्णुप्रसाद पौडेल 
४. वैजनाथ चौधरी (ठ)
५. दीपेन्द्र अधिकारी 
६. रिङ्गला यादव
रुपन्देही 
१. छविलाल विश्वकर्मा
२. भरत पोखे्रल 
३. घनश्याम भुसाल 
४. विष्&#23