विश्वमा ज्येष्ठ नागरिकका लागि स्वीडेन सबैभन्दा उत्कृष्ट

विश्वमा ज्येष्ठ नागरिकका लागि स्वीडेन सबैभन्दा उत्कृष्ट मुलुक रहेको संयुक्त राष्ट्र संघको एक अध्ययन प्रतिवेदनले देखाएको छ । त्यस्तै अफगानिस्तान सबैभन्दा खराब मुलुक रहेको ग्लोबल एजवाचले गरेको अध्ययनमा उल्लेख छ । 



विश्वका विभिन्न ९१ मुलुकका ज्येष्ठ नागरिकहरुको अवस्था अध्ययनपछि यो रिपोर्ट सार्वजनिक गरिएको हो । अध्ययनले धेरै मुलुकहरुमा ज्येष्ठ नागरिकका लागि प्रयाप्त सुविधा नदिएको जनाएको छ । 



अध्ययनले विकासोन्मुख मुलुकमा सन् २०५० मा ज्यष्ठ नागरिकको संख्या पहिलो पटक १५ वर्ष भन्दा कम उमेरका बालबालिकाको भन्दा बढी हुने पनि देखाएको छ ।



Agencies