ब्राजिलको विमानस्थलबाट लाखौं डलर बराबरको टैब्लेट र नोटबुक चोरी भएको छ । १० जना लुटेराले विमानस्थल प्रवेश गर्ने क्रममा सुरक्षागार्डलाई बन्धक बनाई ती सामान लुटेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आफ्नै सवारीसाधन लिई विमानस्थल प्रवेश गरेका लुटेरा मध्ये केहीले सुरक्षाकर्मीको पोशाक लगाएका थिए । उनीहरुले ५९ थान टैब्लेट लगेको बताइएको छ ।
ब्राजिलमा आगामी वर्ष हुने विश्वकप फुटवल प्रतियोगिताका लागि सुरक्षा वयब्वस्था कडा बनाइए पनि लुटपाट र चोरीका घटना हुने गरेका छन् । यो घटना भएको हो ।
लुटिएका सामानको मूल्य आठ लाख अमेरिकी डलर बराबर रहेको पनि जनाइएको छ । Agencies