काठमाडौ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको भोलिपल्टै एमालेले अभिनेता भुवन केसीको उमेद्वारी खोस्यो

काठमाडौ क्षेत्र नम्बर १ बाट आगामी संविधानसभामा उम्मेदवार बनाएको भोलिपल्टै नेकपा एमालेले अभिनेता भुवन केसीको उमेद्वारी खोसेको छ । 
काठमाडौ क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनाएपछि कार्यकर्ताबीच नै ब्यापक विरोध भएपछि उनको ठाउँमा विद्या न्यौपानेलाई टिकट दिएको हो ।
एमालेको केन्द्रीय कमिटिको बैठकले यस्तो निर्णय गरेको निर्वाचन कमिटीका संयोजक अग्नि खरेलले बताए । – सेतोपाटी