अन्तत एमाओवादीका २३९ क्षेत्रमा उम्मेदवार टुंगो लगायो

काठमाडौं – एमाओवादीले झापा क्षेत्र नं.- ७ बाहेक सवै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । उसले उम्मेदवारको सूची बुधबार साँझ सार्वजनिक गरेको छ ।


उम्मेदवारको टुंगो लगाउन एमाओवादीको बैठक अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा मंगलबार बिहानैदेखि जारी थियो । एमाओवादीको ताम्सालिङ, तमुवान र मधेसमा विवाद थियो ।


एमाओवादीले एमाले नेता केपी शर्मा ओलीको झापा क्षेत्र नं.- ७ मा भने उम्मेदवार टुंगो लगाएन । यस क्षेत्रमा नेता वर्षमान पुनले उम्मेदवारी दिने चर्चा चले पनि अझै अनिर्णीत छ । नेता पुनले झापा ७ सँगै सीमा जोडिएको मोरङ-९ रोजेका छन् ।


एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई दुई-दुई क्षेत्रबाट उम्मेदवार रहनेछन् । डोटी २ बाट उम्मेदवारी दिने निर्णयलाई उल्ट्याएर नेता लेखराज भट्टलाई कैलाली- ५ बाट टिकट दिइएको छ ।


एमाओवादीले अभिनेत्री रेखा थापालाई पनि प्रत्यक्षमा टिकट दिएन । पर्सा- १ बाट थापालाई उम्मेदवार बनाउने तयारी थियो ।


एमाओवादी नेता नारायणकाजी श्रेष्ठ मकवानपुर- २ बाट उठ्ने भएका छन् । विद्यार्थी नेता हिमाल शर्मा प्रत्यक्षमा उम्मेदवार छैनन् ।

 

सूची हेर्नुहोस्