इटली । इटलीको संसदमा प्रधानमन्त्री एनरिको लेट्टाले बहुमत प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री सिलवियो बर्लुस्कोनीलाई पछि पार्दै लेट्टाले बहुमत हासिल गरेका हुन् ।
लेट्टाको सरकारमा रहेको आफ्नो दल पिपुल अफ फ्रीडम पार्टीका मन्त्रीलाई बर्लुस्कोनीले फिर्ता बोलाएपछि सरकार धरापमा परेको थियो ।
यसक्रममा दुई नेताबीच भएको विवादमा संसदमा बर्लुस्कोनीले लेट्टामाथि न्यायापालिकाको दुरुपयोग गरेर आफ्नो राजनीतिक जीवन समाप्त गरेको आरोप लगाए । यता लेट्टाले भने सरकार ढाल्ने खेलमा नलाग्न बर्लुस्कोनीलाई चेतावनी दिँदै इटलीका जनताको मत जितेर आउन चुनौती दिए ।
रमाइलो त के छ भने यो विवादमा बर्लुस्कोनीको पार्टीले नै लेट्टालाई समर्थन गरेको छ र उनले संसदमा आफ्नो बहुमतसिद्ध गरेका छन् । Agencies