ताप्लेजुङ । मंसिर ४ गतेको संविधानसभा निर्वाचनको विपक्षमा रहेको संघीय लिम्बुवान राज्य परिषदले आज पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । बन्दको कारण पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ, धनकुटा, सुनसरीलगायतका जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् ।
बन्दका कारण मेची र कोशी राजमार्गमा पनि विहानैदेखि यातायात सञ्चालन हुन सकेका छैनन् । यातायात बन्द हुँदा दशैंमा घर फर्कने यात्रु मारमा परेका छन् । प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्ने दिन आज परिषदले यातायात बन्दको घोषणा गरेको हो ।
उमेद्वारी मनोनयनमा अवरोध गर्न चक्काजाम गरिएको हो । मनोनयनको बिरोधमा लिम्बुवान क्षेत्रका नौ जिल्लाको जिल्ला निर्वाचन कार्यालय अगाडि कालो झण्डासहित धर्ना र विरोध गरिने उसले जनाएको छ । RSS, IMAGECHANNEL