चीनमा बारुलाले चिलेर ४१ जनाको मृत्यु

बेइजिङ  । चीनमा बारुलाले चिलेर ४१ जनाको मृत्यु भएको छ । 

चीनको शान्सी प्रान्तमा आततंकै मच्चाएको बारुलाको टोकाइबाट गत जुलाईदेखि हालसम्म मर्नेको संख्या ४१ पुगेको हो । 
१६ सयभन्दा बढी व्यक्ति उपचाररत छन् । चीनको आङकाङ, हाङजोङ प्रान्तका अधिकांश सर्वसाधारण यसको शिकार बनेका छन् । सो प्रान्तमा हजारौं बारुलाको गुँढ रहेकाले तिनलाई नष्ट गर्न थालिएको बताइएको छ । Agencies