बृद्धबृद्धाको लागि स्वीडेन सबैभन्दा उपयुक्त

संयुक्त राष्ट्रसंघमा भएको एक अध्ययनले बृद्धबृद्धाको लागि स्वीडेन सबैभन्दा उपयुक्त देश भएपछि एसियाली राष्ट्र अफगानीस्तान सबैभन्दा खराब भएको तथ्यांक देखाएको छ । ग्लोब एजवाच ईन्डेक्सका लागि ९१ देशको अध्ययन गरिएको थियो । रिपोर्टले धेरै देशमा बुढ्यौली उमेर भएकाहरुको लागि सहयोगी वातावरण नभएको समस्या अवगत गराएको छ ।

रिपोर्टले देखाएको अनुसार बुढ्यौली उमरमा रहेकाहरुको हेरचाहमा स्वीडेनसँगै, नर्वे र जर्मनी अगाडि छन् । बेलायतलाई १३ औं राष्ट्रको रुपमा सूचीकृत गरिएको छ । सबैभन्दा अनुपयुक्त देशको सूचीमा भने अफगानीस्तान, तान्जेनिया र पाकिस्तानलाई राखिएको छ ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोष र एड्भोकेसी ग्रुप हेल्पएज ईन्टरनेशनलले संयुक्त रुपमा विश्व बृद्धबृद्धा दिवसको दिन पारेर तथ्यांक सार्वजनिक गरेका हुन् । वि

ऋनुसन्धानकर्ताहरुले तथ्यांकको लागि बिभिन्न १३ सूचकलाई आधार मानेका थिए । उनीहरुले आम्दानी र रोजगार, स्व्ास्थ्य सुविधा, शिक्षा, वातावरणलगायत क्षेत्रलाई आधार मानेका थिए । उनीहरुले यस्तो खालको अध्ययनलाई पहिलो भनेका छन् । अध्ययनकर्ताहरुले बुढ्यौली उमेर भएकाहरुको बढ्दो संख्याले विश्वमा नयाँ चुनौति थपेको टिप्पणी गरेका छन् ।

बृद्धहरुको लागि उपयुक्त देशमध्ये अधिकांश देश यूरोप र उत्तर अमेरिकाका छन् भने जापान, चिली र अष्टे्रलिया पनि यही सूचीमा छन् । अध्ययनका लागि सम्पतिलाई मात्र आधार नबनाइएका कारण श्रीलंका, बोलिभियाजस्ता देश पनि कतिपय धनी भनिएका देशभन्दा अगाडि परेका छन् ।

केही ठूला र चाडो विकसित भइरहेका देशहरु पनि बुढ्यौली उमेरका मानिसको लागि अनुपयुक्त देखिएको छ । रुस, भारत र टर्कीजस्ता देशहरु ७० औं स्थान भन्दा तल र्झन सकेका छैनन् ।

source:ekantipur