काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवारी दर्ता गरेलगत्तै पदम कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
गत कात्तिक महिनामा राजधानीको भृकुटीमण्डपमा आयोजित चियापान समारोहमा कुँवरले दाहाललाई थप्पड हानेका थिए। प्रहरी हिरासतमा रहेका उनलाई दाहालले नै धरौटी बुझाएर बाहिर निकालेका थिए।
उनले ‘युद्धमार्फत् के पायौं’ भन्ने कुरा सोध्नलाई प्रचण्डविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताए। ‘म प्रचण्डको भण्डाफोर गर्न चाहन्छु,’ उम्मेदवारी दर्तापछि उनले भने, ‘युद्धमा लागेर के पायौं भनेर उम्मेदवारीमार्फत् अध्यक्ष प्रचण्डलाई सोध्न चाहन्छु।’
उनले प्रचण्डसँग हार्ने भन्दा पनि आफूले कसरी जित्नेव भन्ने कुरा मुख्य रहेको बताए।
स्रोत: नेपाली संचारमाध्यम