– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । निर्वाचन अधिकृतको कार्यालयमा वागी दुई सहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन । क्षेत्र नं. १ मा आठदल, क्षेत्र २ मा १२ दल र दुई स्वतन्त्र उम्मेदवारले दर्ता गराएका छन । दर्ता गराएका सबै उम्मेदवार कार्यालयमै उपस्थित भएका थिए ।
काग्रेसबाट क्षेत्र नं. १ का उम्मेदवार डा. रामबहादुर विसी / क्षेत्र २ की उम्मेदवार पुष्पा भुसाल
एमाओवादीबाट पुर्वमन्त्री टोपबहादुर रायमाझीले र क्षेत्र १ र विष्णुहरिले २ बाट उम्मेदवारी दर्ता गराए । कांग्रेसबाट १ मा डा. रामबहादुर विसी र २ बाट पुष्पा भुसालले दिईन । एमालेबाट १ मा नरेन्द्र कुमार क्षेत्री र २ बाट डा. दुमन थापाले उम्मेदवारी दिए । राजमोबाट १ मा सन्तबहादुर नेपाली र २ बाट शेरबहादुर विसीले दिए । २०६४ को चुनावमा रायमाझी र पुष्पाले जितेका थिए । यस पटक पनि क्षेत्र नं.१ मा रायमाझी, विसी र क्षेत्रीबीच र २ मा पुष्पा र थापाबीच कडा प्रतिष्पर्धा हुने संभावना छ । अरु साना दलका उम्मेदवारले पनि दर्ता गराए ।
नेपाली काग्रेसको जुलुस
यसैबीच क्षेत्र नं. २ मा थापालाई एमाले प्रवेश गरेको सात महिनामै पाटीले उम्मेदवार दिएको असन्तुष्टी जनाउदै एमाले ठाडा गाउँ कमिटीका पुर्व अध्यक्ष नारायण बेल्बासेले वागी उम्मेदवारी दिए । उनले आफनो उम्मेदवारी दुमन थापालाई हराउनु रहेको प्रतिक्रिया दिए । बेल्वासे दक्षिणी क्षेत्रको लोकप्रिय नेता हुन । राप्रपाबाट भोजराज दमासेले वागी उम्मेदवारी दिए । सबै उम्मेदवार जिल्लामा प्रवेश गरेपछि चहलपहल बढदै गएको छ ।
नेकपा एमालेले उम्मेदवार दर्ता गराउन गरेको जुलुस ।
नेकपा एमालेले उम्मेदवार दर्ता गराउन गरेको जुलुस ।
अर्घाखाँची क्षेत्र नं. १ बाट उम्मेदवारहरु
काग्रेसबाट क्षेत्र नं. १ का उम्मेदवार डा. रामबहादुर विसी
राष्टिय जनमोर्चाको क्षेत्र नं. १ बाट सन्तबहादुर नेपाली
एमाओवादी क्षेत्र नं. १ बाट उम्मेदवार टोपबहादुर रायमाझी
नेकपा एमाले क्षेत्र नं. १ बाट उम्मेदवार नरेन्द्र कुमार क्षेत्री
राप्रपाबाट क्षत्रे नं. १ बाट अम्मरबहादुर थापा
राप्रपा नेपालबाट क्षेत्र नं.१ का उम्मेदवार वीरेन्द्र सेन ।
अर्घाखाँची क्षेत्र नं. २ बाट उम्मेदवारहरु
काग्रेस क्षेत्र २ की उम्मेदवार पुष्पा भुसाल ।
राष्टिय जनमोर्चा क्षेत्र नं. २ बाट शेरबहादुर विसी
एमाले क्षेत्र २ बाट उम्मेदवार डा. दुमन थापा ।
एमाओवादी २ बाट उम्मेदवार विष्णुहरि शर्मा
राप्रपा क्षेत्र नं. २ बाट देवीबहादुर खडका
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।