धनकुटामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टीका आधिकारीक उम्मेदवारहरुलाई बहिस्कार गर्ने चेतावनी

धनकुटा । धनकुटामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टीका आधिकारीक उम्मेदवारहरुलाई बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

 

आज पत्रकार सम्मेलन गरी धनकुटा कांग्रेसका पूर्व सभापति हरिकुमार राई लगायतले क्षेत्र र जिल्लाबाट सिफारिस नै नभएका व्यक्तिहरुलाई उम्मेदवार बनाएको भन्दै विरोध जनाएका हुन् ।

धनकुटा क्षेत्र नम्बर १ बाट सिफारिसमै नपरेका अजित नारायणसिंह थापालाई उम्मेदवार बनाइएको भन्दै कांग्रेस महासमिति सदस्य कमोट फागोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । IMAGECHANNEL