कमल पन्थी, ईकन्तिपुर
गुलरिया – संविधान सभाको निर्वाचनलाई मध्यनजर राख्दै प्रचारप्रसार लगायत अन्य प्रयोजनका लागि प्रयोग गरिने भारतीय सवारी साधनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले भारतीय सवारी प्रयोग गरी घटना घटाउने सम्भावना भएकोले निर्वाचनका समयसम्म ति सवारी साधनलाई रोक लगाइएको हो ।
राजश्व नतिरी जिल्ला भित्रिएकासवारी साधन कारवाहीको दायरामा रहेको प्रमुख जिल्ला अधिकारी मान बहादुर विकले जनाए । जिल्लामा करिब सय बढी मोटरसाईकल रहेको अनुमान प्रहरीको छ । तर पर्यटक र आवश्यक कामका लागि भन्सार तिरेर आउने भारतीय सवारी साधनलाई भने रोक नलगाएको प्रजिअ विकले बताए ।