एमाओवादीको नरपानीमा पार्टी प्रवेश कार्यक्रम, निर्वाचन कसैले रोक्ने नसक्ने रायमाझीको भनाई


 

गणेश खनाल

 

नरपानी, अर्घाखॉची । एमाओवादीका केन्द्रिय सदस्य तथा क्षेत्र नम्वर १ का उम्मेदवार टोप बहादुर रायमाझीले चुनाव कसैले रोक्न नसक्ने बताए । शुक्रवार अर्घाखॉचीको नरपानीमा पार्टी प्रवेश कार्यक्रम कार्यक्रममा बोल्दै रायमाझीले मसिर ४ गतेको निर्वाचन कसैले रोक्न नसक्ने बताएका हुन् ।


पुर्व मन्त्रि रायमाझीले निर्वाचनको गति अव नरोकीने गरि अगाडी बढ्योर्,  बैध माओवादीले त के दुनियाको कुनै तागतले पनि निर्वाचन रोक्न नसक्ने बताए । एमाओवादी तर्फ जनताको आकर्षण रहेको बताउदै आगामी सविधान सभाको निर्वाचनमा माओवादीले बहुमत ल्याउने जिकिर गरे । नेपाललाई अग्रगमन तर्फ लैज्जानको लागी सघियता पक्ष्ँ धरले जित्नै पर्ने रायमाझीको भनाई थियो ।

 

क्षेत्र नम्वर २ का उम्मेदवार तथा केन्द्रिय सदस्य विष्णुहरि शर्माले अहिले निर्वाचनमा यथास्थितीवादी र अग्रगमनकारी शत्ति विच लडाई हुने बताए ।

 

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु