– प्रेमनारायण आचार्य
नुवाकोट, अर्घाखाँची । अर्घाखाँचीको नुवाकोट गाविस जिल्लाको दसौ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ । स्थानीय बिकास अधिकारी हेमराज भुसालले एक औपाचारिक कार्यक्रमका बिच गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष भुसालले सरसफाइको क्षेत्रमा नुवाकोटबासीले एक फड्को मारेको उल्लेख गर्दै यस कार्यलाइ निरनतरता प्रदान गर्न आग्रह गर्नु भयो । उहाले सुरक्षित चर्पीको प्रयोग संगै साबुन पानीले पनि हात धुदा अधिकांस सरुवा रोगबाट बच्न सकिने पनि उल्लेख गर्नु भयो ।
नुवाकोटका स्थानीय नाच, भजन, लगायत गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । स्थानीय क्लब , आमा समुह, सहकारी , सामुदायकि बन र बिद्यालयहरुले छुटाछुटै र्याली बनाएर कार्यक्रम स्थल नुवाकोट माबि चिदीचौरको प्रांगाणमा प्रबेस गरेका थिए ।
बाजागाजा र गाविसका अधिकांश महिला समूहहरु उत्साहजक रुपमा नाराजुलुशका साथ कार्यक्रममा उपस्थित भएका थिए ।
कार्यक्रममा उपस्थित बालक देखि बृद्धा सम्म सबैले अब सधै चर्पीमा मात्र दिसा पिसाव गर्ने, चर्पी सधै सफा राख्ने, बाहिर कहिल्यै फोहोर नगर्ने, सधै साबुनपानी मात्र हातधुने लगायतका सामूहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला खानेपानी तथा सरससफाई डिभिजन कार्यालयका प्रमुख राजेनद्र न्यौपाने एकिकृत नेकपा माओवादीका छमकुमारी खनाल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका बुद्धिबहादुर रायमाझि, राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल, युएन ह्याबिटाटका जिल्ला संयोजक बिष्णु दवाडी, गाविस सचिव हकहित संरक्षण केन्द्रका चन्द्रप्रसाद वन्जाडे ,नेष्ट नेपालका कार्यक्रम संयोजक बिनोद शर्मा, प्रकास सचेतन समुह प्रागका प्रेमनारायण गैरे, बाल क्लबकी सारदा आचार्य, लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाविस सचिव राजेन्द्र आचार्यको अध्यक्षता, शर्मिला पोख्रेलको स्वागत मन्तव्य र रामबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको हो ।
हाम्रो गौरब हाम्रो स्वाभिमान खुल्ला दिसामुक्त अर्घाखाँची हाम्रो अभियान भन्ने मूल नाराका साथ सन् २०१४ सम्म अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न जिल्लाका प्रत्येक गाविसमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गरिएको छ । खुल्ला दिसा मुक्त तथा सरसफाइ प्रबद्र्धन अभियान अन्तर्गत नेस्ट नेपाल र सिसेक अर्घाखाँची , इकार्डस नेपाल र प्राग अर्घाखाँचीको सहजिकरणमा टोल, वस्ती, वाड र गाविस हुँदै जिल्लालाई नैं खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।