एमालेका उम्मेदवारहरुद्धारा निर्वाचित भएपछिको एक वर्षभित्र नयाँ संविधान लेखेरै छाड्ने संकल्प

काठमाडौं। काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा खडा भएका नेकपा एमालेका उम्मेदवारहरुले निर्वाचित भएपछिको एक वर्षभित्र नयाँ संविधान लेखेरै छाड्ने संकल्प गरेका छन् ।

 

प्रेस चौतारीले आज गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका उम्मेदवारहरुले नयाँ संविधान लेखेर लोकतन्त्रको आधारलाई बलियो बनाउने संकल्प गरेका हुन् ।

उनीहरुले एमालेले बहुमत ल्याए शान्ति र संविधान सुनिश्चित गर्ने भन्दै मतदानमा सक्रिय सहभागिता जनाउन काठमाडौबासीलाई अपील गरेका छन् । imagechannel