काठमाडौं । जेष्ठ नागरिक कल्याण समाजले २३ औ जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
समाजले आज बानेश्वरमा एक कार्यक्रम गरि बानेश्वर निवासी ९२ बर्षीय सारदा ओझा ९० बर्षीय रामप्रसाद भट्टराई लाई सम्मान गरेको हो । सम्मानितहरुलाई १ हजार ५ सय रुपैयार र दोसल्ला दिइएको थियो । कार्यक्रममा बिभिन्न भजन कृतन पनि गाइएको थियो
कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले पश्चिमी बिकृती भित्रिएका कारण जेष्ठ नागरिकको सम्मान हुन नसकेको बताए । समाजका अध्यक्ष राधाकृष्ण जोशीले क्रोध र मोह त्यागेर आफ्नो मनलाई ध्यानमा केन्द्रीत गर्नुपर्ने बताए । कार्यक्रममा संस्थाका सदस्य हरिप्रसाद न्यौपानेले संस्थालाई हार्मोनियम प्रदान गरेका थिए । IMAGECHANNEL