गम्भीर घाइते भई उपचाररत नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेद्वार आलमको स्वास्थ्यस्थिति झन् गम्भीर

काठमाडौं । सशस्त्र समूहको आक्रमणबाट गम्भीर घाइते भई उपचाररत नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेद्वार मोहम्मद आलमको स्वास्थ्यस्थिति झन् गम्भीर बनेको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन कक्षमा उपचाररत उनंको स्वास्थ्य अवस्था झ्न विग्रिएको चिकित्सकहरुले बताएका छन् । 
उनको स्वाश प्रस्वासको मात्रामा कमी आएको र आंखाको चाल पनि घटेको बताईएको छ । तराईमा सशस्त्र गतिविधि सञ्चालन गरिरहेका दुई वटा समूहले हिजो आलमको टाउकोमा पाँच वटा गोली हानेर घाइते बनाएको हो । IMAGECHANNEL