काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छाप्न भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा पठाएको छ ।
मतपत्रमा चुनावचिह्न आयोगमा दल दर्ताको क्रमअनुसार राखिएको प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।
हल्का रातो रंगको समानुपातिकको मतपत्र १ करोड ५० लाख थान छापिने छ । RSS