इराक । इराकको राजधानी बग्दादमा भएको छुट्टा छुट्टै बिस्फोटमा ५१ जना मारिएका छन् । राजधानी बग्दादको शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा गराईएको बिस्फोटमा सय भन्दा बढी घाइते भएका छन् । ईर।कको आदमिया जिल्लामा रहेको एक क्याफेमा भएको पहिलो बिस्फोटमा १२ जना मारिएका हुन् भने वलाद शहरमा भएको दोश्रो आत्मघाती बिस्फोटमा ३९ जना मारिएको हुन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेको छ । ईराकमा सातामा कम्तीमा पनि २० भन्दा बढीको मृत्यु हुने गरेको छ । गत सेप्टेम्बर महिनामा मात्र भएका हिंसात्मक घटनामा परी एक हजार जना मारिएको प्रतिवेदन हालै सार्वजनिक भएको थियो ।
संयुक्त राष्ट्रसंघलेै सार्वजनिक गरेको तथ्यांक अनुसार इराकका बिभिन्न शहरमा भएका हिंसात्मक घटनामा एक हजार व्यक्ति मारिएका हुन् । दिनहुँ जस्तो हुने बम बिष्फोट, सुन्नी र शिया समुदायबीच द्वन्द्वकाकारण आतंकबादी सञ्जाल अलकायदाको आक्रमणमा उनीहरु मारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । AGENCIES