धनकुटा । दशैं, तिहारलाई ध्यानमा राखेर कोशी पहाडी राजमार्गमा एक दर्जन सवारी साधन थप गरिएको छ ।
कोशी राजमार्ग अन्र्तगत धरानबाट धनकुटा हुँदै तेह्रथुम, भोजपुर तथा संखुवासभाका लागि गुड्ने सवारी साधन थप गरिएको हो ।
अन्य समयमा दैनिक ३६ वटा यात्रुबाहक बस चल्ने राजमार्गमा अहिले १२ वटा थप गरेर ४८ वटा पु-याइएको छ । चाडबाडको बेला राजधानीलगायतका स्थानबाट सर्वसाधारण घर फर्कने हुँदा अन्य समयको तुलनामा बसको माग धेरै हुने गरेको छ । RSS