अर्घाखाँचीको फुदवाङमा फुलबारी रिसोर्ट


 

– वीरेन्द्र केसी

 

फुदवाङ, अर्घाखाँची । आन्तरिक पर्यटकलाई मध्यनजर गरी सदरमुकाम नजिकै फुदवाङमा जिल्लामा पहिलो पटक रिसोर्ट सञ्चालनमा आएको छ । होमस्टे सहितको फुलबारी रिसोर्टको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एक समारोहका बीच उदघाटन गरेपछि सोमबारदेखी कारोवार शुरु भएको छ ।

 


 

रिसोर्टमा चाईनिज, ईन्डियन, नेपाली खाना सहित स्थानीय लोकल खाना र परिकार हुने सञ्चालक मेहर सिंह के.सीले बताए । छ वटा कटेज सहित निर्माण भएको रिसोर्ट खोला र जंगलको बीच रमणीय स्थलमा छ । त्यहाँ बस्ने, खाने सहित सुईबिङ पुलको पनि व्यवस्था र तालिम हल निर्माण गरिने उनले बताए ।

 


 

५० लाख रुपैयाको लगानीमा शुरु भएको रिसोर्टमा एक वर्ष भित्रमा एक करोडसम्मको लागि गरी आर्कषक बनाईने उनले बताए । रिसोर्ट के.सी र सिद्धी भट्टराईको लगानी छ । सदरमुकामबाट २ किलोमिटर टाढा छ । उदघाटन कार्यक्रममा चन्दनाथ गणका गणपति रामकाजी रानमगर, प्रनाउ हिरा बहादुर पाण्डे लगायत राजनीतिक दलका नेता, सञ्चारकर्मी, उद्योगी व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

 


 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु