बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया लगायत जिल्लाका विभिन्न भागमा जंगली हात्तीले गाउं पसेर घर भत्काउन थालेपछि स्थानीय जनता त्रसित भएका छन् । भारतको कटर्नियाघाट बन्यजन्तु आरक्ष र बर्दियाको ढेढरी गाविसमा पर्ने खाता जौविक मार्गबाट आएका जंगली हात्तीको बथानले गुलरिया वडा नम्बर १ को खैरापुर शंकरबस्तिमा केही घर भत्काएको छ ।
त्यसैगरी, ताराताल गाविसको शुक्र बस्ती, धर्म बस्ती र दशरथ बस्तीमा सयौं विघा क्षेत्रमा लगाइएका धानबाली नष्ट गरेको छ । एक साता अघि देखि रातीको समयमा दैनिक १२ देखि १५ वटा हात्तीले धानबाली नष्ट गर्ने र घर भत्काउने गरेका छन् ।
स्थानीयबासी रातभर हात्ती भगाउन जाग्राम बस्ने गरेका छन् । त्यस्तै कैलालीको छतिवन सामुदायिक बन बाट आएका हात्तीले सो क्षेत्र वरपरका धानबाली नष्ट गरेका छन् । हात्ती आतंकबारे प्रशासन र निकुञ्जका सुरक्षाकर्मीलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएको स्थानीयबासी कृष्ण भुसालले बताएका छन् । RSS, IMAGECHANNEL