राप्रपा नेपालद्धारा कमल थापालाई संविधानसभा निर्वाचनपछिको सरकारमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

राप्रपा नेपालले मंगलबार एक कार्यक्रमबीच पार्टीको चुनावी घोषणापत्र जारी गर्दै पार्टी अध्यक्ष कमल थापालाई संविधानसभा निर्वाचनपछिको सरकारमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। 
अध्यक्ष थापाले होटल र्‍याडिसनमा घोषणापत्र सार्वजनिक गरेर आफूलाई मुलुकको वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गरे। ‘२०६२/२०६३ पछि अवलम्बन गरेको मार्गचित्र असफल भइसकेको छ’, उनले भने।
थापा आगामी संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छैनन्।
अध्यक्ष थापाले संविधान सभा जस्तो ऐतिहासिक महत्वको अभ्यासमा वैद्य माओवादीलाई पाखा लगाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे। ‘यस घटनाले राष्ट्रिय राजनीतिमा दूरगामी असर पार्नेछ’, उनले भने। – सेतोपाटी