ढाका । बंगलादेशको ढाका नजिक कपडा कारखानामा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । राजधानी ढाकाको गाजीपुर इलाकामा रहेको कपडा कारखानामा भएको आगालागीमा ५० जना घाइते भएका छन् ।
आगलागीको कारण बारे थाहा हुन सकेको छैन । बंगलादेशमा कपडा कारखानामा हुने आगलागीमा बर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ ।
गत अप्रीलमा मात्रै ढाकाकै गार्मेन्ट कारखानामा लागेको आगोमा परी ११ सय जनाको मृत्यु भएको थियो भने गत बर्ष अशुलिया जिल्लामा रहेको कपडा कारखानामा आगलागी हुँदा १ सय १२ जनाको मृत्यु भएको थियो । Agencies