काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संघीयताको प्रस्ताव गर्ने पार्टी संघीयता विरोधी हुन नसक्ने बताएका छन् । काठमाडौं २ नम्बर वडाले आज राजधानीमा गरेको कार्यक्रममा सिंहले कांग्रेसलाई संघीयता विरोधी भन्नेहरु नै संघीयता विरोधी भएको बताए ।
शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु-याउनका लागि पनि नेपाली कांग्रेसले बहुमत ल्याउनुपर्ने बताउदै सिंहले बहुमत ल्याउने गरी जुट्न कार्यकतालाई निर्देशन पनि दिए ।
यता, नेपाली कांग्रेस नुवाकोटले आज राजधानीमा गरेको कार्यक्रममा कांग्रेस नेता केसीले राजनीतिक संक्रमणको अन्त्यको लागि पनि निर्वाचन अपरिहार्य रहेको बताए ।
राजनीतिक स्थायित्वको लागि पनि कांग्रेसले बहुमत ल्याउनुपर्ने भन्दै केसीले शान्ति र लोकतान्त्रिक संविधान निमार्णमा कांग्रेसले जोड दिएको बताए ।
कार्यक्रममा एमाले र माओवादी परित्याग गरी एक दर्जन बढी कलाकार कांग्रेस प्रवेश गरेका थिए । IMAGECHANNEL