नेपाली कांग्रेसले आगामी संबिधानसभाको निर्वाचनका लागी तयार गरेको घोषणापत्रमा संघियताका बिषयमा सात प्रदेश हुनपर्ने भने पनि त्यसका बिषयमा अन्य दलहरुसग पनि छलफल गर्ने जनाएको छ ।
संघियता जस्तो संबेदनशील बिषयमा कुनै एक पार्टीको मात्र अवधारणा उपयुक्त नहुने भन्दै कांग्रेसले आफुले घोषणापत्रमा राखेको प्रदेशका बिषयमा अन्य पार्टीहरुसंग छलफल गर्न लागेको नेताहरुले बताएका छन ।
अहिले नेताहरु दशै मनाउन घरघरमा रहेका र नेताहरु राजधानी फर्किएपछि संघियता र प्रदेशका बिषयमा कांग्रेसले अभियान नै चलाउने कांग्रेस नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो ।
कांग्रेसले सानो आकारको प्रदेश देशका लागी उपयुक्त हुने भएकाले सात प्रदेशको खाका बनाएपनि यसका बिषयमा अरु प्रमुख दलहरुसंग पनि छलफलका लागी कांग्रेस तयार रहेको नेता निधिले बताउनु भयो ।
उहांले अहिलेको निर्वाचन नेपाली जनताको संबिधान निर्माणका लागी अति महत्व पुर्ण भएको र बिगतमा कांग्रेसले बहुमत नपाएका कारण संबिधान नबनेकाले यसपटक कांग्रेसलाई बहुमतमा पुर्र्याउन आग्रह समेत गनु भयो ।
Source:Rss