महिला अधिकारकर्मीहरुले डिआईजी पार्वती थापा मगरको न्यायसंगत ढँगले आईजीपीमा बढुवा नभए सशतम आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै विभिन्न महिला अधिकार संगठनमा आवद्ध अधिकारकर्मीहरुले थापाको बढुवामा पुरुषप्रधान भेदभाव आफुहरुलाई स्विकार्य नहुने बताए । आगामी कार्तिक ३१ मा प्रहरी महानिरिक्षक कुवेर सिंह रानाको अवकाश हुने हुँदा प्रहरी रोलक्रममा पनि थापा सिनियर रहेकोले उनैलाइ आईजिपी बनाउँदा कानुन सम्वत् हुने बताए ।
महिला भएकै कारण उनलाई महानिरिक्षक बनाउँन पाखा लगाइएन भने उहाँ नेपालकै पहिलो महिला आईजिपी बन्ने बताउनुभयो