अखाँटा – राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले अर्घा गाविसको रानीगैरामा आयोजना गरेको विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै राजमो अध्यक्ष चित्र बहादुर केसीले मलुकलाई असफल राष्ट हुनबाट जोगाउन मंसिर ४ को चुनावमा सबै होमिनु पर्ने बताएका छन ।
उनले दलीय सरकार निमर्ँण र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चुनावको विकल्प नभएको दावी गरे ।
उनले वैद्य माओवादीले चुनाव बहिष्कार गर्नु राजनीतिक बाटो विराएको आरोप लगाए ।
अर्घा रानीगैरामा हुने चुनावी सभालाई सम्बोधन गर्दै केसीले गणतन्त्रलाई समाप्त पारी फेरी राजतन्त्र ब्युताउन ठुलो चलखेल भएकाले वैद्यको वहिष्कारले राजावादीहरुलाई फाईदा पुग्ने बताए ।
उनले ठुला दलका कारण माओवादी चुनावमा आउन नसकेको आरोप लगाए । ‘सबैभन्दा राष्ट्रियता कमजोर भएको छ राष्ट्रलाई जोगाउन र देशलाई संघीयता हुन नदिनको लागि म देश दौडाहमा हिडेको छु’, उनले भने, ‘चुनाव हारिन्छ भनेर प्रत्यक्षमा उम्मेदवार बनेको हैन देशभरी हिडेर राजमोलाई ठुलो शक्ति बनाउन समानुपातिकमा बसेको हु