दुई वर्ष भन्दा धेरै विदेश बस्ने नेपाली गैर आवासीय नेपाली हुने

गैरआवासीय नेपाली संघले विधान संशोधन गरेर दुई वर्षभन्दा बढी विदेश बस्नेलाई गैर आवासीय नेपाली (एनआरएन) मान्ने भएको छ ।
विधान संशोधनपछि संघ दर्ताको बाटो खुलेको छ । संघको शनिबार भएको महाधिवेशनले सर्वसम्मत रुपमा विधान संशोधनको प्रस्ताव पारित गरेको हो ।
एनआरएनए र सरकारी ऐनमा गैरआवासीय नेपाली सम्बन्धि परिभाषामा फरक हुँदा संघको दर्ता हुन सकेको थिएन । विदेशमा ६ महिना बसेकालाई एनआरएनको सदस्य बन्न पाउने प्रावधान संघको थियो ।
संघका अध्यक्ष जीवा लामिछानेले विधान संशोधनको प्रस्ताव राख्नुभएको थियो । उहाले गैरआवासीय नेपाली संघको दर्ताको लागि बाटो खुलेको बताउनुभयो ।