– प्रेमनारायण आचार्य
निर्वाचनमा भाग लिने अर्घाखाँचीका राजनीतिक दलहरुले एउदै मञ्चमा बोल्दै निर्वाचन अचारसंहिताको पूर्णरुपमा कानूनको परिधिमा रहेर पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
एकिकृत नेकपा माओवादी अर्घाखाँची क्षेत्र नं. १ का उम्मेदवार टोपबहादुर रायमाझीले आफ्नो पार्टी स्वच्छ निर्वाचन चाहेको बताउदै एमाओवादीले अचारसंहिताको उल्लंघन गर्ने पक्षमा नरहेको भन्दै कहिँ कतै भएमा खवरदारी गर्न आग्रह गरे । त्यस्तै क्षेत्र नं. २ का उम्मेदवार विष्णुहरि शर्माले निर्वाचनको सबै नागरिकले प्रत्याभूति गर्न पाउनुपर्ने भएकाले सबै मिली निर्वाचन सम्पन्न गनु पर्ने बताए ।
नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का उम्मेदवार डा रामबहादुर बि.सीले कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चाहेकाले निर्वाचन आयोगले जारी आचारसंहितालाई पालना गर्न कांग्रेस तयार रहेको बताए । कांग्रस क्षेत्र नं. २ का उम्मेदवार पुष्पा भुसालले दोस्रो संविधान सभाले जसरी पनि संविधान जारी गर्ने बताउदै निर्वाचनमा कुनै पनि दलले तडकभडक नगरि शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु पर्ने बताइन् ।
रिपोर्र्टर्स क्लब जिल्ला शाखा अर्घाखाँचीचीले सदरमुकाम सन्धिखर्कमा गरेको साक्षात्कार कार्याक्रममा बोल्दै उनीहरुले निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गर्नका लागि अचारसंहिताको पूर्ण रुपमा कार्यान्वयन गर्ने राजनितिक दलका नेताहरुले प्रतिवद्धता जनाएका हुन ।
नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले सुरक्षाको विषय चुनौती पूर्ण रहेकाले सुरक्षा निकायले निर्वाचनलाई स्वच्छ बनाउन विशेष ध्यान दिनुपर्ने बताए । उनले एमालेले निर्वाचन आचारसंहितालाई पूर्णरुपमा पालना गर्ने बताए ।
नेकपा -माओवादीका केन्द्रिय सदस्य भेषराज भुसालले मंसिर चारको निर्वाचनले देशलाई निकास दिन नसक्ने भएकाले आफ्नो दलले सहमति चाहदाचाहदै पनि ठुला दलहरुले नेकपा- माओवादीलाई वाइपास गरेर निर्वाचनमा गएको आरोप लगाए ।
राप्रपा नेपालका क्षेत्र नं १ का उम्मेदवार विरेन्द्र सिहंले आचारसंहिता नमान्ने दललाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लामा अहिले सम्म कहि कतै आचारसंहिता उल्लघंन भएको नपाइएको बताए । उनले सबै दलहरुले अचारसंहितालाई पालना गरेमा निर्वाचन सफल पार्न गाह्रो नहुने बताए । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिल्लाका दुबै निर्वाचन क्षेत्रमा चुनाव स्वच्छ र धाधली रहित वातवरणमा सम्पन्न हुने बताए । उनले निर्वाचनलाई केन्द्रित गरेर जिल्ला सुरक्षाा समितिले सुरक्षा व्यवस्था मजबुत पारेको बताए । प्रजिअ पाठकले निर्वाचन आचारसंहितालाई सबैले पालना गर्नु पर्ने बताए ।
प्रहरी नायव उपरिक्षक हीराबहादुर पाण्डेले निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा परिएको बताए । उनले प्रहरीले उम्मेदवार तथा मतदाताहरुलाई सुरक्षा प्रदान गर्न कुनै कसुर पनि बाँकी नराख्ने बताए ।
कार्यक्रममा एमाओवादीका केन्द्रिय सदस्य चन्द्रबहादुर खडका, नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले मन्तव्य राखेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।