अर्घाखाँचीमा निर्बाचन पर्यबेक्षण गर्न जिल्ला समन्वय समिति गठन

– प्रेमनारायण आचार्य
मंसिर ४ गते हुने निर्बाचनमा अर्घाखाँची जिल्लाका सबै मतदान केन्द्रमा पर्यबेक्षण गर्नका लागि निर्बाचन पर्यबेक्षण संयुक्त मञ्च -केओफ नेपाल ) को जिल्ला समन्वय समिति गठन भएको छ । 
सदरमुकाम सन्धिखर्कमा आज भएको भेलाले प्रकास भुसालको संयोजकत्वमा १३ सदस्यीय निर्बाचन पर्यबेक्षण समिति जिल्ला समन्वय समितिको गठन भएको छ । 
जसको सदस्यहरुमा धर्मराज भुसाल, डिल्लीराज खनाल, कृष्णप्रसाद भुसाल, मञ्जु घिमिरे, रुद्रप्रसाद श्रेष्ठ, काँजी श्रेष्ठ, खेमलाल खनाल, लिलबहादुर बिसी -सहयोगी), बुद्धिराम नेपाली, लक्ष्मीनारायण चुँदाली, शिला भुसाल र सदस्य सचिबमा प्रेमनारायण आचार्य रहेका छन । 
जिल्लाका सबै मतदान केन्द्रमा गएर निर्बाचनको पर्यबेक्षण गरिने केओफ नेपालका जिल्ला संयोजक प्रकास भुसालले बताउनु भयो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु