दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण गर्न काग्रेसको जित आबस्यक – भुसाल

– प्रेमनारायण आचार्य
नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा क्षेत्र नं. २ की उम्मेदार पुस्पा भुसालले अगामि संबिधानसभाको निर्बाचमा नेपाली काग्रेसलाई दुई  तिहाई मतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । 
नेपाली काग्रेसले चुनाबि प्रचार प्रसार अभियानमा ठाडा गाबिसको रजियामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशत्त रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो । 
कार्यक्रममा काग्रेसका  जिल्ला सचिब बासुदेब आचार्य, महाधिबेशन प्रतिनिधि सुर्य अधिकारी , जिल्ला सदस्य  नरेन्द्र श्रेष्ठ कृष्ण शर्मा ,शिक्षक संघका अध्यक्ष यादब घिमिरे  क्षेत्रिय सचिब हेमन्त बेल्बासे , पोखराथोकका सभापति अचुत गौतम , लगायतले मनतब्य राख्नु भएको थियो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु