अत्याधिक मतले आफुहरुले अर्घाखाँचीका दुबै क्षेत्र जित्ने कांग्रेसको दाबी

– प्रेमनारायण आचार्य
नेपाली काग्रेसका नेता तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले अहिले २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पूर्णरुपमा हुने भएकाले अत्याधिक मतले नेपाली काग्रेसले जिल्लाका दुबै क्षेत्र जित्ने दाबी गर्नु भएको छ  ।  
नेपाली काग्रेसले चुनाबि प्रचार प्रसार अभियानमा केरुंगा गाविसमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्द नेता बिसीले नेपाली जनताको पक्षका साथै गरिब र निमुखा बर्गको  संबिधान लेख्नकालागि नेपाली जनताले नेपाली काग्रेसलाइ अत्यधिक बहुमतका साथ बिजयी गराउने बताउनु भएको छ । 
कार्यक्रममा एकिकृत नेकपा माओबादी परित्याग गरि २ जना युबा केरुंगाका इश्वरि परियार र बिष्णु पन्थी नेपाली काग्रेसमा प्रबेस गरेका थिए । 
कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पर्ुब मन्त्री रेवतीप्रसाद भुसालले एमाओबादीका कारण पहिलो संबिधान सभाको निर्बाचनबाट संबिधान बन्न नसकेकोले नेपाली जनताको लोकतान्त्रिक संबिधान निर्माण गर्नका लागि पनि जनताले काग्रेसलाइ पहिलो पाटी बनाउने  बताउनु भयो । 
कार्यक्रममा काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल, अंचल समन्वय समितिका सदस्य बिष्णुप्रसाद खनाल मुस्कान , लगायतले मन्तब्य राख्नु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु