कांग्रेसको बहुमत बिना संबिधान बन्दैन : खांण

– कपिल ज्ञवाली
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नं. ३ का उमेद्वार बालकृष्ण खांणले नेपाली कांग्रेसको बहुमत बिना नेपालमा संबिधान नबन्ने ठोकुवा गर्नुभएको छ ।
नेता खांणले राष्ट्र निर्माण,समृद्धि तथा लोकतान्त्रिक संबिधान लेखनका लागि कांग्रेसको अगुवाई नै अपरिहार्य रहेको उल्लेख गर्नुुभयो ।
नेपाल तरुणदल आनन्दबन गांउ कमिटिले बुधबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको तरुण प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खांणले जनतालाई गरिबि कै रेखामुनी राखेर राजगर्ने कम्यूनिष्ट निती भएकाले पनि कम्युनिष्टहरुले संबिधान पनि नचाहेको उहाको भनाई छ ।
खांणले कांग्रेस जनताको पक्षमा रहेको र जनताले चाहेको लोकतान्त्रिक संबिधान निर्माणका लागि पनि आसन्न संबिधान सभामा कांग्रेसलाई बहुमतले जिताउन आव्हान गर्नुभयो ।
संबिधानसभाको निर्बाचनको मिति नजिकिदै जादां बिभिन्न राजनीतिक दलहरुले सस्तो लोकप्रियता कमाउन र मत माग्नका लागि संबिधानसभाको नाम दुरुपयोग गरेको भन्दै उहाले २००५ सालमा पार्टिका संस्थापक नेता बिपिको मानस्पटलबाट संबिधानसभाको जन्म भएको उल्लेख गर्नुभयो । उहाले संबिधानसभा नेपाली कांग्रेसको मात्र एजेण्डा भएको उल्लेख गर्नुभयो ।
समावेसी संबिधान निर्माण गर्नु र मुलुकको आर्थिक बिकास एजेण्डालाई संबिधानमै समावेश गरेर बिकास निर्माणमा लाग्नुपर्ने उहाको भनाइ छ । उहाले पूर्णत राष्ट्रबादी पार्टिको रुपमा रहेको नेपाली कांग्रेस बलियो भएमा सिंगो लोकतन्त्र नै बलियो हुने बताउनुभयो । गत संबिधानसभाको निर्बाचन पछि संबिधानसभामा ६१ प्रतिशत कम्यूनिष्टहरु रहेपनि संबिधान बन्न नसकेको स्मरण गर्दै खांणले संबिधान नबन्नुमा एमाओबादी र एमाले दोेषि रहेको आरोप लगाउनुभयो ।
आनन्दबन गांउ कमिटिका सभापति बासु बस्यालको अध्यक्षतामा भएको प्रशिक्षणमा तरुण दलका केन्द्रीय सदस्य तथा नेपाल जेसिजका पूर्व अध्यक्ष महेश दाहाल, प्रजातन्त्रवादी प्राध्यापक संघ बुटवल बहुमुखि क्याम्पसका सभापति मदन प्रसाद कट्टेलले कांग्रेसको ईतिहास,संबिधानसभा, बर्तमान अवस्था, भावी कार्यक्रम र भविश्यका बारेमा प्रशिक्षण दिनुभएको थियो ।