– वेदराज पौडेल
एमाले नेता केपी ओलीले समानुपातिकतर्फको बन्द सूचीमा आफू निकट कार्यकर्ताको नाम हटाइएकोमा असन्तुष्टि जनाएका छन् । उनले ‘एक माघले जाडो जाँदैन’ भन्दै चुनावमा प्रभाव नपर्ने दाबी गरे ।
ओलीले अध्यक्ष झलनाथ खनालले आफू निकटकालाई समावेश गरी समानुपातिकको अन्तिम बन्दसूची बुझाएको आरोप लगाए ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पार्टी स्वेच्छाचारी, गुटगत, नातावाद र कृपावादका आधारमा चलेको आरोप लगाए । ओलीले ‘त्यागी र पुरानालाई माइनस गरिएको’ भन्दै असन्तुष्टि राखे ।
स्रोतका अनुसार बन्द सूचीबाट हटाइएका ४७ जनामध्ये अधिकांश ओली पक्षका छन् ।