एमेन्डिक्स क्यान्सरबाट ग्रस्त डा. चित्रप्रसाद वाग्लेको बिहीबार निधन भएको छ । राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना थिए । अस्पतालका अनुसार अपरान्ह १२ बजेर ५ मिनेटमा उनको निधन भएको हो । गत आइतबारदेखि वाग्लेलाई आइसीयुमा राखेर उपचार गराइरहेको थियो । आइतबार नियमित परीक्षणमा गएका उनलाई एक्कासी स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । दाजु फणिन्द्रलाई चिकित्सकहरुले चित्रप्रसादको मृत्युको जानकारी गराएका हुन्। लगत्तै चित्रप्रसादकी पत्नी पुजालाई उनको अवस्थाबारे चिकित्सकले जानकारी गराएका थिए। अस्पतालमा वाग्लेकी छोरी र परिवारका सदस्यहरुसमेत उपस्थित छन।
अर्घाखाँची जिल्लामा १२ वर्ष चिकित्सका रुपमा कार्यरत उनको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो। – उमाकान्त पाण्डे गाउंले
ग्रान्ड इन्टरनेसनल हस्पिटलको आईसीयूमा भर्ना रहेका डा. चित्रप्रसाद वाग्लेको स्वास्थ्य स्थिति चिन्ताजनक छ । एपेन्डिक्स क्यान्सरबाट ग्रस्त डा. वाग्लेलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि गत आइतबार आईसीयुमा राखिएको हो ।
वाग्लेलाई ‘प्यालिएटिभ’ उपचार (क्यान्सरको अन्तिम अवस्थाका रोगीहरूलाई दुखाइ लगायतका समस्याबाट दिइने राहत) मा राखिएको उल्लेख गर्दै ग्रान्डीका निर्देशक डा. चक्रराज पाण्डेले भने, ‘स्थिति चिन्ताजनक छ ।’ वाग्लेलाई अक्सिजन थेरापी दिइएको जनाउँदै डा. पाण्डेले क्यान्सर शरीरका विभिन्न भागमा फैलिसकेको बताए ।
एक बर्षयता रोहिणीस्थित राजीव गान्धी अस्पतालमा उपचाररत डा. वाग्लेलाई थप उपचारका लागि अमेरिका/क्यानडा जान सिफारिस गरिएको थियो । १८ वटा चरणमा ‘किमो’ दिइसक्दा पनि स्थिति सहज नबनेपछि शल्यक्रिया गर्नेसहितको सम्भावना अहिलेलाई टरेको भन्दै अस्पतालले सो अस्पातलले ‘डिस्चार्ज’ गरेको थियो ।
डा. वाग्ले १२ वर्ष अर्घाखाँचीमा बसेर सेवा गरी जिल्लाबासीका निकै प्रिय बनेका थिए ।
राजीव गान्धी अस्पतालमा उपचारका हरसम्भव प्रयास गरेपनि असफल भएपछि नयाँ औषधी ‘ट्रायल’का निम्ति विदेश जान सिफारिस गरिएको भए पनि पुनह: रोगले गाझे पछि उनी दिल्ली तर्फ जाने तयारी गर्दैगर्दा बुधवार नै आइसीयुमा राख्न परेको हो ।
अर्घाखाँची जिल्लाको सरकारी अस्पतालमा १२ बर्षसम्म ईन्चार्ज रहेका वाग्ले छात्रवृत्तिमा एमपीएच (मास्टर इन पब्लिक हेल्थ) पढ्न थाइल्याण्ड गएका बेला डेढ बर्षअघि उनमा क्यान्सर फैलिएको थाहा भएको थियो । विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपीएच गर्न बैंकक पुगेको छ महिनामै उनी रोग लिएर नेपाल फिरेका थिए । अहिले पेटबाट आन्द्रा झिकेर बाहिर ‘कोलोस्टमी ब्याग’मा राखिएको अवस्थामा श्रीमती पूजालाई साथ लिएर उनी हिँडडुल गरिरहेका भेटिन्छन् ।
रुपन्देही मुर्गियाका ४४ वर्षीय वाग्लेले रुसबाट एमडी (जनरल फिजिसियन) गरेका छन् । उनले अर्घाखाँची सरकारी अस्पतालाई १५ बाट ३२ बेडमा बिस्तार गर्नेदेखि २४ घण्टै उपचार सेवा, आपत्कालिन रक्त व्यवस्था, प्रश्रुति तथा शल्यक्रिया सेवा आदिको विस्तार गरेका थिए । दुई ससाना छोरी र एक छोराका बाबु वाग्लेले उपचार क्रममा पैसा जुटाउन आफूसँग रहेका एक्सरे मेसिन, मेडिकल औजार समेत बिक्री गरिसकेका छन् ।
‘नेपाल सरकारले ५ लाख रुपैंया दिएको थियो, यति खर्चले एक महिना पनि धान्न नसकिने स्थिति छ,’ रोहिणीस्थित अस्पताल परिसरमा उनले भने, ‘यहाँ अस्पतालले डिस्चार्ज हुन भनिसकेको छ, थप उपचार परीक्षणमा मेरो अमेरिका वा क्यानडा जान सामर्थ्य छैन ।’ उनले काठमाडौंको धापासीमा रहेको एउटा घर बिक्री गरेर भए पनि उपचारको अन्तिम प्रयास गर्ने भएका छन् । तर श्रीमती र छोराछोरीको बिचल्ली हुने स्थिति सम्झेर बिक्री गर्न सकिहालेका भने छैनन् ।
वाग्लेको परिवारले एक बर्षको अवधीमा झण्डै ६० लाख रुपैयाँ उपचारमा खर्चेको छ ।