– प्रेमनारायण आचार्य
जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा आजभोलि नागरिकता र राहदानी सिफारिस लिन आउने सेबाग्राहीको भीड लागेको छ ।
अन्य समयमा सामान्य चहलपहल हुने प्रशासनमा आज भोलि ब्यापक रुपमा चहल पहल हुने गरेको छ । सेबाग्राहीको चाप बढेपछि आजभोलि र बिहान ९ बजे देखि साझ ६ बजे सम्म सकेसम्म सेबाग्राहीलाई सेबा प्रदान गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनालले बताउनु भयो ।
अध्यन तथा रोजगारीकोलागि जिल्ला बाहिर गएका मानिसहरु दसै तथा तिहारकोलागि घर आएको समयमा नागरिकता तथा राहदानी सिफारिस गराउन आउदा सेबाग्राहीको भीड बढेको हो
अन्य दिनमा भन्दा आजभोलि नागरिकता लिन आउने सेबाग्राहीको संख्यामा ५० प्रतिसतले बृद्धि भएको प्रशासनले जनाएको छ । आजभोलि दैनिक एक सय २० देखि ५० सम्म नागरिकता बितरण गरिरहेको जिल्ला प्रशासन कार्यलय नागरिकता फाटका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बताउनु भयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।