मत पत्र छपाई रोक्न सर्वोच्चमा रिट दायर/नो भोटको व्यवस्था हुनु पर्ने माग

मतपत्र छपाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मत पत्रमा नो भोट अर्थात उल्लेख कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने बिकल्प पनि राख्नु पर्ने माग गर्दै अधिवक्ता स्वागत नेपाल (भद्रप्रसाद नेपाल) र भाइ राजा राईले संयुक्त रुपमा सर्वोच्चमा यो रिट निवेदन दायर गर्नुभएको हो । 
उहाँहरुले मत पत्रमा मत दिन्न भन्ने व्यवस्था हुनु पर्ने माग गर्नुभएको छ ।
रिटलाई अदालतले ०३२२६ नम्बरमा दर्ता गरेको छ । गत महिना मात्र भारतमा त्यहाँको अदालतले मत पत्रमा नो भोट अर्थात म कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने व्यवस्था गरेको थियो ।