काग्रेस क्षेत्र नं. २ को चुनावी प्रचार प्रसार अभियान सन्धिखर्कको बराहनेटामा, एनेकपा माओबादी र एमाले परित्याग गरि ११ जना काग्रेसमा प्रबेस

प्रेमनारायण आचार्य 
   अर्घाखाँची १०  कात्तिक । नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा क्षेत्र नं. २ की उम्मेदार पुस्पा भुसालले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउनु भएको छ । 
  उहाले नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको  संबिधान पनि  बन्ने बताउनु भयो ।
  नेपाली काग्रेसले चुनाबि प्रचार प्रसार अभियान अन्तर्गत  सन्धिखर्क गाविसको बराहनेटामामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशतm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो । 
 कार्यक्रममा एनेकपा माओबादी र एमाले परित्याग गरि ११ जना नेपाली काग्रेसमा प्रबेस गरेका छन । 
 कार्यक्रममा काग्रेसका  जिल्ला सभापती कमल प्रसाद भुसालले अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसले खेलेको भुमिका महत्वपुर्ण रहेको स्मरण गर्दै नेपाली काग्रेस नेपाली जनताको पाटी भएकाले अर्घाखाँचीका दुबै सिटमा भारी मतले काग्रेसको जीत सुनिस्चित रहेको बताउनु भयो ।  
  कार्यक्रममा जिल्ला सचिब बासुदेब आचार्य , महासमिति सदस्य पिताम्बर शर्मा, जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, महाधिबेसन प्रतिनिधि शान्ता भण्डारी, महमद सफर, शिक्षक संघका बिनोद आचार्य लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम नेपाली काग्रेस सन्धिखर्क गाँउ कार्य समितिका सभापति नेत्रप्रसाद भटराइको सभापतित्व, सचिब छमा कार्कीको सञ्चालन र नारायण सोमैको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु