मोतीलाल पौडेल
मतदाता शिक्षा सामग्री लुटेको आरोपमा नेकपा-माओवादीका तीन जना नेता पक्राउ परेका छन् । उत्तरगंगा, हरिहरपुर र तरंगा गाविसबाट मतदाता शिक्षा सामग्रीहरु लुटेर आगजनी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्ला सहसेक्रेटरी ईश्वरभक्त सुनार, रघुवीर विश्वकर्मा र हरि महतरा रहेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिएका छन् ।पक्राउ परेका मध्ये विश्वकर्मा र महतरा शिक्षक रहेको प्रहरीले जनाएको छ ।
नेकपा-माओवादीले उत्तरगंगाको मतदाता शिक्षा सामग्री गाविस भवनबाट र अन्य दुई गाविसमा निर्वाचन शिक्षा दिई रहेका महिलाहरुको हातबाट खोसेर सामग्रीहरु जलाइ दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।